आज :

ताजा समाचार

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय

  पुरुषोत्तम ढकाल    ११ फाल्गुन २०७६, आईतवार ०६:४६      563 Views

काठमाडौँ : देशको शैक्षिक गुणस्तर खस्किएको भनेर आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले भने मिहिनेतबिनै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना परिवर्तन गरेको छ।
कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक) मा छुट्टाछुट्टै हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० नम्बर ल्याउनेले सर्टिफिकेट पाउने भएका छन्।
नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था छ। शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ।
एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा आउँछ।
यसरी आन्तरिक २५ र बाह्य मूल्यांकनमा ५ गरी ३० अंक ल्याउनेकाे समग्रमा डी प्लस ग्रेड आउँछ। यसरी डी प्लस ल्याउनेले विश्वविद्यालयमा भर्ना हुन पाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस