आज :

ताजा समाचार

सांसदहरुबिरुद्ध भिडियो बनाउनेलाई कारबाही गर्न साइबर क्राइम ब्युरोलाई लेखाको निर्देशन

  पुरुषोत्तम ढकाल    ८ फाल्गुन २०७६, बिहीबार १६:२८      286 Views

काठमाडौँ: संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरुबिरुद्ध भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ।
सदस्यहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै लेखाले साइबर क्राइममा कारबाही गर्न ब्युरोलाई निर्देशन दिएको हो।
लेखा समितिले फेसबुकमा पोस्ट गर्ने प्रभात किशोर उपाध्याय र सदस्यहरुको चरित्रहत्या गरी टिकाटिप्पणी गर्ने व्यक्ति भन्दै विजयप्रकाश मिश्रको नामै तोकेर कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस