आज :

ताजा समाचार

सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति निजामती कर्मचारी युनियनको आपत्ति

  पुरुषोत्तम ढकाल    ८ फाल्गुन २०७६, बिहीबार १५:२७      1170 Views

काठमाडौं:  सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन(संघ)ले आपत्ति जनाएको छ।

सेक्युरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका सञ्चारमन्त्री बास्कोटाले मु….शब्द प्रयोग गरेको प्रति उनीहरुले आपत्ति प्रकट गरेका हुन्।

कर्मचारीलाई अश्लील गाली गर्दै ‘दलाल’सँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका मन्त्री बाँस्कोटाको उक्त अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको युनियनको  विज्ञप्तिमा उल्लेख छ।

‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षा बोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो‚’ युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ।’

अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्ने समेत चेतावनी नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) केन्द्रीय कार्यसमितिले दिएको छ। ‘अपशब्द र अश्लील शब्द प्रहार गर्ने मन्त्रीलाई कानुनी कारबाही नभएमा बहिष्कार गर्नैपर्ने दिन देख्न नपरोस्‚’ विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस