काठमाण्डौ : कोरोना भाइरस अर्थात ‘कोभिड नाइन्टिन’को संक्रमण देखिएपछि समुन्द्रको तटमा राखिएको एउटा पानी जहाजका दुई जना यात्रुको ज्यान गएको छ ।
कोरोना भाइरसबाट संक्रमित २ जना जापानी नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ । पानीजहाजमा भएका ३७ सय यात्रुमध्ये झण्डै ६ सय २१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
यात्राकै क्रममा पानीजहाजभित्र कोरोना फैलिएको थियो । यसैबीच चीनको हुवेइ प्रान्तमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हुवेइमा बुधबार झण्डै ३ सय ४९ नयाँ सङ्क्रमित भेटिएका बीबीसीले जनाएको छ ।
पछिल्लो हप्ता दैनिक १ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिँदै आएकोमा बुधबार भने जम्मा साढे ३ सय मात्रै संक्रमित भेटिएका छन् । रोग निदानमा अपनाइएका फरक विधिका कारण संख्या घटेको हो कि होइन भन्ने प्रस्ट भएको छैन।