आज :

ताजा समाचार

कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि संसद बैठक अझै सुरु भएन

  पुरुषोत्तम ढकाल    ८ फाल्गुन २०७६, बिहीबार १४:५७      577 Views

काठमाण्डाै: नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय सभाको बैठक चल्न नदिएको कांग्रेसले प्रतिनिधिसभा बैठक पनि चल्न नदिने तयारी गरेपछि १ बजे बस्नुपर्ने बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस