आज :

ताजा समाचार

नेपाली सेनामा छुट्टै गुप्तचर

  पुरुषोत्तम ढकाल    ७ फाल्गुन २०७६, बुधबार १०:०२      307 Views

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावी सुरक्षा चुनौतिको सामना गर्न सेनामा छुट्टै गुप्तचरी संयन्त्र गठन गर्न लागिएको बताएका छन् । सैनिक ऐन २०६३ मा पहिलो संशोधन विधेयक मंगलबार प्रतिनिधिसभामा पेश गर्दै रक्षामन्त्री पोखरेलले सैनिक इन्टेलिजेन्सलाई समयसापेक्ष आधुनिकीकरण गर्नुपर्ने आवश्यक्तामा जोड दिए ।

इन्टेलिजेन्स सेवा गठन र सञ्चालन सम्बन्धी व्यवस्थाका लागि ऐनमा संशोधनको प्रस्ताव गरिएको छ । इन्टेलिजेन्समा खर्च भएको रकम, रिभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने काम लागि खर्च भएको रकमको मिनाहासम्बन्धी ऐनमा व्यवस्था गर्न संशोधन विधेयक ल्याइएको मन्त्री पोखरेलले बताए ।

‘इन्टिलिजेन्स सेवा गठन तथा सञ्चालनसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने कामको लागि भएको खर्च रकम मिनाहासम्बन्धी विषय’, संशोधन विधेयकमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस