आज :

ताजा समाचार

महरामाथिको निलम्बन फुकुवा, सांसद पदमा बहाल

  पुरुषोत्तम ढकाल    ५ फाल्गुन २०७६, सोमबार १६:२३      1011 Views

काठमाडौ: जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ परी थुनामा रहेका पूर्वसभामुख निर्दोष ठहर भएसँगै उनीमाथि लागेको निलम्बन समेत फुकुवा भएको छ।

जिल्ला अदालतले सोमबार उनी निर्दोष रहेको फैसला सुनाएपछि महराले उपभोग गर्दै आएको सांसद पदको सेवासुविधामाथि लागेको निलम्बन फुकुवा हुने भएको हो।

फौजदारी मुद्दा लागेसँगै निलम्बनमा परेको महरा सांसद पदको सेवासुविधा पनि फुकुवा हुने भएको छ।

फौजदारी अभियोग लागेपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सेवासुविधा निलम्बन हुने व्यवस्था संसद नियमावलीमा गरिएको छ। तर, उनले सफाइ पाएकाले सेवासुविधा पाउने भएका सोही नियमवालीमा उल्लेख छ।

भ्रष्टाचारको अभियोगमा भने पद नै निलम्बनमा पर्ने कानुनी व्यवस्था छ।

करिब ५ महिनाअघिसम्म सभामुखको भूमिकामा प्रतिनिधिसभामा प्रवेश गर्ने महरा अब सांसदका रूपमा संसदमा पुनः प्रवेश गर्नेछन्।


प्रतिक्रिया दिनुहोस