आज :

ताजा समाचार

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दा फैसला आज

  पुरुषोत्तम ढकाल    ५ फाल्गुन २०७६, सोमबार ०८:०३      537 Views

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ ।

हिजो महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः आज फैसला आउने जानकारी दिनुभएको छ । समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस