आज :

ताजा समाचार


आईटिएफ नेपालको सेल्फडिफेन्स सेमिनार तथा तेक्वान्दो प्रतियोगिता सम्पन्न

  Ashok Mahat    २८ माघ २०७६, मंगलवार १३:२०      159 Views

माघ २८, काठमाडौँ । तेक्वान्दो ITF (आईटिएफ) नेपालको आयोजनामा दुई दिवसिय स्पारिङ्ग तथा सेल्फडिफेन्स सेमिनार तथा एक दिवसिय प्रथम लकर बेल्ट तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
माघ २४ गतेदेखि २६ गतेसम्म धुम्बाराहिको धन्यन्तरी फुटसलमा आयोजना भएको सेमिनार अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अन्डर जनरल सेक्रेटरी तथा यूनाईटेड ITF तेक्वान्दो अस्ट्रेलियाका अध्यक्ष मास्टर माईकल मुलेताद्धारा संचालन भएको थियो । उक्त सेमिनार नेपाल भरिका २३ जिल्लाका दुई सय भन्दा बढी खेलाडिहरुको सहभागीता रहेको थियो ।
उक्त सेमिनार तेक्वान्दो आईटिएफ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मण बस्नेतले मास्टर माईकल मुलेतालाई सहायकको रुपमा सघाएका थिए । त्यसैगरी २६ गते आयोजना भएको प्रतियोगितामा पनि २३ जिल्लाका १ सय ८४ खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा काभ्रेका सञ्जय लामा तथा भक्तपुरकी सुरक्षा थापा सर्वोत्कृष्ट घोषित भए ।

विजयी खेलाडीहरुलाई टर्किस एरलाईन्सका कन्ट्रि म्यानेजर अब्दुल्लाहले पुरस्कार प्रदान गर्नुका साथै प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, विशेष अतिथि मास्टर माईकल मुलेता एरि होगनदोरन, अतिथिहरु नेपाल ओलम्पिक कमिटिका सदस्य विष्णु गोपाल श्रेष्ठ, ITF नेपालका सल्लाहाकार आङ तेम्बा शेर्पाद्धारा विजयी खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण भएको थियो ।
तेक्वान्दो आईटिएफ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई सघाई खेल पर्यनटद्धारा विश्वभर नेपालको प्रचारप्रसार गरी पर्यटक भित्राउन सहयोग गर्ने उद्देश्यले आगामी सेप्टेम्बर १८ देखी २० तारिखसम्म चौथो एभरेष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा आईटिएफका उपाध्यक्ष ग्रान्ड मास्टर ट्रेभर निकोल्सद्धारा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अम्पाएर कोर्ष संचालन हुन गईरहेको अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए ।
यस्तै प्रमुख अतिथि गणेश तिमल्सिना तथा विशेष अतिथि मास्टर माईकल मुलेता र एरि उक्त होगनदोरनले उक्त कार्यक्रमलाई सहयोग गरी सफल बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस