काभ्रे : भैसी संरक्षण संबर्दन र अनुबांशिक संरक्षणका लागि पनौती नगरपालिकाको अभियान अन्तर्गत कृषक हरुलाई पाडी वितरण समापन कार्यक्रम सम्पन्न भएको छ ।
कालो सुनको रुपमा रहेको भैसीको संरक्षण र संबर्धन गरि कृषकलाई व्यसायी बनाउदै युवाहरुलाई समेत यस पेशा प्रति आर्कषित गरि आय आर्जनको मूल श्वोर्त र सम्मानजनक पेशाको रुपमा स्थापित गरि भैसीको आयात न्यूनीकरण गर्दै सिंगो पनौती नगरपालिकालाई भैसी श्वोत केन्द्रको रुपमा बिकाश गर्दै कृषकको आर्थिक उन्नति र कृषि पर्यटन समेतको बिकाश गर्दै जाने मूल उदेश्य र लक्ष्य लिइ पनौती नगरपालिकाले कृषकलाई ३०० वोटा पाडी वितरण कार्यक्रमको आज पनौती नगरपालिकाको सभा हलमा भैसी संरक्षण संबर्दन र अनुबांशिक संरक्षणका लागि पनौती नगरपालिकाको अभियान अन्तर्गत पाडी वितरण समापन कार्यक्रम सम्पन्न गरेको छ ।
आजको भैसी संरक्षण संबर्दन र अनुबांशिक संरक्षणका लागि पनौती नगरपालिकाको अभियान अन्तर्गत पाडी वितरण समापन कार्यक्रममा कृषकलाई ३०० वोटा पाडी वितरण गरिएको भएतापनि थोरै मात्र कृषक कार्यक्रममा उपस्थित भएको पाइयो । आजको कार्यक्रममा पाडी पाउने धेरै जसो कृषकको उपस्थित न्युन रहेको थियो ।
३०० वोटा पाडी वितरणको लागि कृषक हरु बाट ९५२ वोटा दरखास्त प्राप्त भएको पनौती नगरपालिकाले जनाएको छ ।