काठमाण्डाै: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छापा, रेडियो र अनलाइनका सम्पादकसँग प्रधानमन्त्री ओलीले मंगलबार समसामयिक विषयमा छलफल गर्नु भएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको स्पष्ट पार्नुभयो । साथै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले कहिल्यै नखुम्चाउने पनि प्रष्ट पार्नुभयाे।
यस्तै उहाँले बालुवाटरको जग्गामा भएको अनियमितताबारे छानबिनपछि मुद्दा चलाइने जानकारी गराउनु भयो । यस्तै सम्पादकको मुटु नभएको भन्ने प्रसंगमा उहाँले सँधै सम्पादकले बलिङ गर्ने गरेको भन्दै यस पटक आफूले ब्याटिङ गरेको प्रतिक्रिया दिनुभयो ।
छलफलका क्रममा ठट्टा गर्दै ओलीले सम्पादकहरुलाई भन्नुभयो, ‘कति तपाईFहरु मात्रै बलिङ गर्नुहुन्छ, कहिलेकाहीँ त मैले पनि ब्याटिङ गर्न पाउनु पर्यो नि !’
केही दिनअघि प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको समाचार बनाउने मन–मुटु भएका सम्पादक नभएको भन्दै टिप्पणी गर्नुभएको थियो । उहाँको यो टिप्पणीको आलोचना भएको थियो ।