आज :

ताजा समाचार

कोरोनाको त्रास : सरकारले तीन सय शय्याको छुट्टै अस्पताल बनाउने

  पुरुषोत्तम ढकाल    २२ माघ २०७६, बुधबार ०७:३०      627 Views

काठमाडौँ:  सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ।
प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएउनु भएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताउदै उहाले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिनुभयो ।
सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी दिदै मन्त्री ढकालले सम्भावित संक्रमितलाई लक्षीत गरी अहिले सरकारले तीन अस्पतालमा ४३ बेड छुट्याइएको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस