आज :

ताजा समाचार

नेकपा केन्द्रीय कमिटी बैठक: सबै विभाग सक्रिय

  पुरुषोत्तम ढकाल    २२ माघ २०७६, बुधबार ०७:०२      640 Views

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् ।
विभागहरू क्रियाशील भएर आआफ्नो काम थालनी गरिसकेका छन् । त्यसमध्येका सङ्गठन विभाग केन्द्रीय कमिटीको बैठक सकिएको भोलिपल्ट नै बैठक बसेर आफ्ना काम सुरु गरिसकेको छ ।
विभिन्न प्रदेश तथा जिल्लामा देखिएका विवाद समाधान गर्न विभागलाई सक्रिय गरिएको छ । त्यसका लागि विभागका प्रमुख वामदेव गौतम स्वयं आफैँ सक्रिय भएका छन् । केन्द्रीय कमिटीले प्रदेश, जिल्ला तथा पालिकामा पार्टीभित्र देखिएका विवाद मिलाउने जिम्मेवारी सङ्गठन विभागलाई दिएको छ । जिम्मेवारी पाउने बित्तिकै त्यसका लागि कामहरू सुरु भएको जानकारी दिइएको छ । पार्टी एकताको विषयमा तल्लो तहमा केही ठाउँमा विवाद देखिएको छ ।
त्यसलाई समाधान गर्न विभाग योजनाबद्ध तरिकाबाट अगाडि बढ्ने निर्णय गरेको विभागका सदस्य हरिराज अधिकारीले बताए ।पार्टी सदस्यको सदस्यता नवीकरणदेखि प्रक्रिया कसरी चाँडै टुङ्गो लगाउने विषयमा छलफल भएको उनले बताएका छन् । प्रदेश, जिल्ला, पालिकाहरूको देखिएको विवाद समाधान गर्न तत्कालै विभागको काम थाल्ने र त्यसको सुरुआत प्रदेश २ बाट हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस