आज :

ताजा समाचार

कोरोना संक्रमण : चीनबाट ल्याएपछि नेपाली विद्यार्थीलाई १४ दिन निगरानीमा राखिने

  पुरुषोत्तम ढकाल    २१ माघ २०७६, मंगलवार ०८:१३      332 Views

काठमाडाैं : चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

प्रक्रिया पूरा गरेर यसै साता ल्याइने भएको छ उनीहरूलाई राख्ने ठाउँको निर्धारण आज बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निमोनिया गराउने नोबेल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ ।

उक्त घोषणापछि सबभन्दा जोरिहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस