आज :

ताजा समाचार

केन्याको एक विद्यालयमा भागदौड मच्चियो, १४ विद्यार्थीको मृत्यु

  पुरुषोत्तम ढकाल    २१ माघ २०७६, मंगलवार ०७:३२      405 Views

काठमाडौं:  केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएको समाचारमा जनाइएको छ ।

सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशंका गरेका छन् ।

तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष पनि नैरोबीकै एक प्राथमिक विद्यालयको भवन भत्किँदा आठ जना बालबालिकाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस