आज :

ताजा समाचार

एमसीसीसम्बन्धी अध्ययन शुरू, ४ विषयमा गहन अध्ययन गरिंदै

  पुरुषोत्तम ढकाल    २१ माघ २०७६, मंगलवार ०७:११      434 Views

काठमाडौँ : अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौता संसद्बाट पारित गर्ने विषयमा अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले चार विषयमा अध्ययन गर्ने निर्णय गरेको छ ।

नेकपाले आइतवार गठन गरेको कार्यदलले हिजो बैठक बसेर काम शुरू गरेको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको बैठकले एमसीसीको विषयमा गहन छलफलका लागि चार विषयमा अध्ययन गर्ने टुंगो लागेको नेकपा स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस