आज :

ताजा समाचार

वेपत्ता छानविन र सत्य निरुपण आयोगको म्याद एक वर्ष थप

  पुरुषोत्तम ढकाल    १७ माघ २०७६, शुक्रबार ०६:५५      428 Views

काठमाडौँ : माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि एक वर्ष थप गर्ने, विश्वविद्यालय अनुदान आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै जलवायु परिवर्तन तथा विपद्बाट हुन सक्ने सम्भावित जोखिम वहन गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने पाँच अर्ब डलर बराबरको ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको समेत सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस