काठमाडौँ – देशको पूर्वी भूभाग लगायत मध्य पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा अपरान्ह पश्चात हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अहिले नेपालको पूर्वी भूभाग नजिक निम्न चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ ।