आज :

ताजा समाचार

आजको मौसमः घाम पनि लाग्ने, पानी पनि पर्ने

  पुरुषोत्तम ढकाल    १६ माघ २०७६, बिहीबार ०८:०२      336 Views

काठमाडौं : अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशैभर आंशिकदेखि मध्यम बदली रहेको छ । पूर्व पश्चिममा वर्षाको सम्भावना रहेको छ ।
देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको छ।
आज घाम पनि लाग्ने र पानी पनि पर्ने वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो ।
देशको उच्च पहाडी तथा हिमाली भु-भागहरुमा हल्का हिमपात साथै पहाडी भू-भागका तथा तराई भूभागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस