आज :

ताजा समाचार

प्रधानमन्त्री ओलीको दाबी : सरकारले असाधारण उपलब्धि हासिल गरेको छ

  पुरुषोत्तम ढकाल    १६ माघ २०७६, बिहीबार ०७:३४      395 Views

काठमाडाैं: प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय समिति बैठक हिजो राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस
गर्नुभएको हो ।
ओलीले २०७४ फागुन ३ मा झन्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व सम्हालनु भएको थियो । दुई घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको कम्युनिस्ट सरकारले कुनै पनि सूचकांकमा नकारात्मक मानक प्राप्त नगरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस