आज :

ताजा समाचार

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु : डा तुम्बाहाम्फे

  पुरुषोत्तम ढकाल    १४ माघ २०७६, मंगलवार ०७:१७      356 Views

काठमाडौं :  पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छन् ।

दोलखा आएका पूर्वउपसभामुख तुम्वाहाम्फेले सोमबार चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताइन् ।

आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस