आज :

ताजा समाचार

अष्ट्रेलियाकाे आगाे निभाउन नाङ्गा तस्वीर बेचेर कराेडाैँ कमाएकी माेडल

  पुरुषोत्तम ढकाल    १४ माघ २०७६, मंगलवार ०७:१२      1177 Views

एजेन्सी: एक अमेरिकी मोडेलले अष्ट्रेलियाको भिषण आगलागी नियन्त्रणका लागि आफ्ना नाङ्गा तस्बीर अनलाइनमा बेचेर ठूलो रकम संकलन गरेकी छन् ।
‘लसएन्जेलसकी इन्स्टाग्राम मोडेल’ भनेर चिनिने २० वर्षीया केलेन वार्डले चारदिनअघि रकम संकलन थालेकी थिइन् । समाचारमा जनाइए अनुसार इन्टरनेटमा ‘सेक्स वर्क’ गर्ने केलेन ‘नग्न परोपकारी’ भनेर समेत चिनिन थालेकी छन् ।
विपद्का बेला सहयोग संकलन गरिरहेकी केलेनले उद्दारका लागि रकम संकलनको नयाँ विधि अपनाएकी छन् । उनले अष्ट्रेलियाका लागि करिब १० अमेरिकी डलर सहयोग गर्ने प्रत्येकलाई आफ्नो नग्न तस्बीर पठाउँदै सहयोग रकम संकलन गरिरहेकी छन् ।
पैसा दिनेलाई उनी दान गरेको प्रमाण माग्छिन् र आफ्नो नग्न तस्बिर इन्बक्समा पठाइदिन्छिन् । उनले गरेको यो निर्णयसँगै साथ दिनेको संख्या थपिएको छ । धेरैले उनलाई फोटो पठाउन र डोनेट गरेको प्रमाण चेक गर्न सघाइरहेका छन् ।
उनले आफ्नो पोष्ट ४ जनवरीमा सार्वजनिक गरेकी थिइन् । त्यसको दुई दिनमै उनले ५ लाख डलर संकलन गर्न सफल भएको आफ्नो ट्वीटरमा सार्वजनिक गरेकी छन् ।
आफ्नो नाङ्गो तस्बीर सार्वजनिक गरेको ४ दिनमा उनले एक मिलियन अमेरिकी (नेपाली करिब १ अर्ब रूपैयाँ) संकलन भएको आज अर्को ट्वीट गर्दै सार्वजनिक गरेकी छन् । साथै उनले सबै योगदानकर्तालाई धन्यवाद दिएकी छन् ।
उनले सार्वजनिक गरेको पोष्ट अनुसार असल कामका लागि ‘खराब’ विधि अपनाएकी उनले आफ्नो व्यक्तिगत जीवनमा भने धेरै कुरा गुमाउनु पर्‍यो । उनको नाङ्गो फोटो सार्वजनिक भएपछि उनको इस्टाग्राम डिएक्टिभेट भएको छ । उनका बाबु–आमा रिसाएका छन् ।
‘सबै हिरोहरुले कपडा लाउदैनन्’ भन्दै सामाजिक सञ्जालमा उनको प्रसंशा भएको छन् । उनका सपोटरले उनलाई ‘वमन अफ दि इयर’ घोषणा गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस