आज :

ताजा समाचार

तीन सय विद्युतीय बस किन्न साझालाई दिएको पैसा सरकारले फिर्ता लियो : ब्याज समेत असुल

  पुरुषोत्तम ढकाल    १० माघ २०७६, शुक्रबार ०७:४८      399 Views

काठमाण्डौ:  सरकारले तीन सय वटा विद्युतीय बस किन्न साझा यातायात सहकारी संस्थालाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझा यातायातले सरकारले भनेको प्रक्रिया अनुसार बस खरिद नगरेकाले ३ अर्ब रुपैयाँ लगानी फिर्ता ल्याउने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले गएको असारदेखि हालसम्मको ३ अर्ब रुपैयाँको ब्याज पनि साझाबाट असुल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।अब नयाँ प्रक्रियाबाट विद्युतीय बस खरिद गर्न सरकारले ३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
गएको असार २४ र २९ गतेको मन्त्रिपरिषद्को बैठकले ३ सय विद्युतीय बस किन्न भन्दै साझा यातायात सहकारी संस्थामा ३ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस