आज :

ताजा समाचार

बालुवाटार जग्गा प्रकरणः दोषीलाई मुद्दा चलाउन सरकारको संकेत पर्खिंदै अख्तियार

  पुरुषोत्तम ढकाल    १० माघ २०७६, शुक्रबार ०७:३५      327 Views

काठमाडौं: राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र प्रभावशाली व्यापारीसमेत मुछिएको बालुवाटारको एक सय ४१ रोपनी सरकारी जग्गा हिनामिनाको अनुसन्धान सकिए पनि मुद्दा दायरमा ढिलाइ भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ११ दिनअघि नै अनुसन्धान सकेको छ। तर, मुद्दा चलाउनेबारे निर्णय गर्न सकेको छैन्।
स्रोतका अनुसार कुन तहसम्मका व्यक्तिलाई मुद्दा चलाउने भन्नेमा अख्तियार र प्रहरी अलमतमा पर्दा अभियोजन लम्बिएको हो।
दुबैले सरकारको संकेत कुरिरहेका छन्। अख्तियारले दश महिनाअघि सहसचिवको नेतृत्वमा विशेष बनाएर अनुसन्धान गरेको थियो।


प्रतिक्रिया दिनुहोस