काठमाडौँ: साँफेबगर नगरपालिका ३ डिग्रेनीकी पार्वती बुढा रावतको छाउगोठमै मृत्यु प्रकरणमा जिल्ला अदालत अछामले जेठाजु छत्र रावतलाई ४५ दिन कैद फैसला सुनाएको छ ।
बुहारीलाई छाउगोठमा बस्न बाध्य बनाएको अभियोगमा न्यायाधीश नवीनकुमार जोशीको इजलासले छत्रलाई दोषी ठहर गरेको हो ।
तर, फौजदारी कार्यविधि संहिताको दफा १५५ अनुसार उनी बिहीवार नै ६ हजार नगद जरिवाना बुझाएर कैदमुक्त भएका छन् ।