आज :

ताजा समाचार

नेकपा सदस्यता नवीकरण : तीन महिनाभित्र गर्नुपर्ने

  पुरुषोत्तम ढकाल    ८ माघ २०७६, बुधबार ०७:१७      79 Views

काठमाडौं : आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको छ।

केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन। साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन।

अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ। एकताको अघिल्लो दिन (०७५ जेठ २ गते) सम्मको साबिक दुवै पार्टीका सदस्यलाई सदस्यता नवीकरण गर्न उसले तीन महिना समय तोकेको छ। अभिलेख सम्बन्धित भूगोलका प्रदेश र विशेष प्रदेश कमिटीले जिल्ला, गाउँ, नगर कमिटीलाई माघ मसान्तसम्म उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ। ओली–दाहालले गरेको सर्कुलरमा भनिएको छ, ‘०७५ जेठ २ सम्म कायम पार्टी सदस्यलाई संगठित सदस्य मानी ०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्नुपर्ने छ।’

नवीकरण गराउन कार्यदल

नेकपाले गाउँ तहसम्मै सदस्यता नवीकरण गर्न कार्यदल बनाएर खटाउने भएको छ। गाउँपालिकामा केन्द्र रहेको ठाउँमा र नगरपालिकामा वडाको केन्द्र रहेको ठाउँमा सम्पर्क कार्यालय राखी कार्यदलले सदस्यको अभिलेख राख्ने र नवीकरणका लागि आवश्यक कागजात जुटाउने आन्तरिक सर्कुलरमा उल्लेख छ।

गाउँपालिका र नगरपालिकामा जाने कार्यदल जिल्ला कमिटीको सचिवालय सदस्यको संयोजकत्वमा ५ सदस्यीय हुने। विशेष कमिटीमा रहेकाहरूको हकमा कमिटीले तोकेको स्थानमा विशेष जिल्ला कमिटीको सचिवालय सदस्यकै संयोजकत्वको ५ सदस्यीय कार्यदल परिचालन गर्ने तयारी नेकपाको छ।

आफैं उपस्थित हुनुपर्ने

सदस्यता नवीकरणका लागि गएका कार्यदल सदस्य भएको ठाउँमा सदस्य आफैं उपस्थित भएर आवश्यक कागजात बुझाउनुपर्नेछ। उनीहरूले सदस्यता शुल्क तिरेको रसिद निवेदनसहित सदस्य स्वयं उपस्थित हुनुपर्ने परिपत्रमा उल्लेख छ।

नवीकरणका लागि जाने कार्यदलले केन्द्रीय संगठन विभागले दिएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र दर्ता गर्ने र निवेदकमध्ये योग्य ठहरिएकाको सदस्यता नवीकरण गर्न प्रस्ताव तयार पार्ने र जिल्ला कमिटी/विशेष कमिटीले त्यसका आधारमा संगठित सदस्यता नवीकरण निर्णय गर्ने कार्यविधि बनाइएको छ।

केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, कम्युनिस्ट ज्येष्ठ मञ्च, केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयका पदाधिकारी तथा सदस्यहरूको सदस्यता नवीकरण भने केन्द्रकै संगठन विभागको कार्यालयले गर्नेछ। नवीकरण गरेका संगठित सदस्यको अभिलेखको छापा प्रति र डिजिटल प्रति तयार गर्ने र उनीहरूलाई सदस्यता नम्बर उपलब्ध गराउने योजना पनि नेकपाको छ।

प्रतिक्रिया दिनुहोस

  • 1

    कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

  • 2

    कोरोना कहरः अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु, संक्रमित चार लाख कटे, १२ हजारभन्दा बढीको ज्यान गयो (अपडेट)

  • 3

    कोरोना महामारी: फ्रान्समा मात्र १० हजार बढीको मृत्यु, धेरै निधन हुनेको संख्यामा फ्रान्स चौथो

  • 4

    कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

  • 5

    काेभिड १९ : सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

  • 6

    संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

  • 7

    नेपाल र भुटानबाहेक दक्षिण एसियाका ६ मुलुकलाई विश्व बैंकको सहयोग

  • 8

    लकडाउनलाई थप कडा पार्ने सुदुरपश्चिम सरकारको निर्णय, विदेशबाट आएका अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने