आज :

ताजा समाचार

ह्यारी दम्पतीको शाही उपाधि खोसियो

  पुरुषोत्तम ढकाल    ६ माघ २०७६, सोमबार ०६:३६      932 Views

लण्डन:  बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले अब हिज–हर रोयल हाइनेस (एचआरएच) उपाधि प्रयोग गर्न नपाउने  र उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएका छन् ।
बकिङ्घम राजदरबारले शनिबार सो कुराको घोषणा गरेको हो । साथै सो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व पनि नगर्ने राजदरबारले जनाएको छ ।
ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती)को लागि छुट्याइएको करदाताको २ दशमलब ४ मिलियन पाउण्ड अब उनीहरुको बेलायती परिवारमा नै रहने जनाइएको छ । पछिल्लो व्यवस्थापन आउँदो वसन्त ऋतुबाट लागु हुने बताइएको छ ।

गएको सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको बैठकपछि राजदरबारको पछिल्लो भनाइ आएको हो ।
हालै सो दम्पतीले वरिष्ठ शाही परिवारबाट बाहिरिने घोषणा गरेको थियो ।
बेलायती महारानीले  धेरै महिनासम्मको कुराकानी र हालैको छलफलबाट आफ्नो नाति र उनको परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेको  राजदरबारको वक्तव्यमा उल्लेख छ ।
उनले वक्तव्यमा ह्यारी, मेघन र आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्य सधैं रहने समेत जनाएकी छन् ।
उनीहरुले सामना गर्नुपरेको चुनौती आफूले महसुस गरेको र उनीहरुको अझ स्वतन्त्र जीवनका लागि समर्थन गर्ने महारानीले जनाएकी छन् ।
ह्यारीले  देश र कमनवेल्थमा प्रतिबद्धताका साथ काम गरेकोमा धन्यवाद भन्दै महारानीले मेघन यति चाँडै परिवारको सदस्य भएकोमा गौरव महसुस गरेको समेत जनाएकी छन् ।
महारानीले पछिल्लो समझदारीले ह्यारी दम्पतीकोे खुसी र शान्तिपूर्ण जीवनको लागि अनुमति दिने आफ्नो परिवारको आशा रहेको जनाएकी छन् ।


प्रतिक्रिया दिनुहोस