आज :

ताजा समाचार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज दिनभरि नै पानी र हिउँ पर्ने, भाेलिदेखि माैसममा सुधार हुने

  पुरुषोत्तम ढकाल    ३ माघ २०७६, शुक्रबार ०७:१७      321 Views

काठमाण्डाै: अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।
वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो ।
उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।
शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस