आज :

ताजा समाचार

नेपालले चीनलाई उपहार दिएकाे सोल्टी मर्‍याे, एक्लिइन् मितिनी

  पुरुषोत्तम ढकाल    ३ माघ २०७६, शुक्रबार ०७:०१      602 Views

काठमाडौँ: नेपाल सरकारले चीनलाई उपहार स्वरुप दिएको ‘सोल्टी’ नामको एकसिंगे भाले गैंडा मरेको छ । गत वर्ष नेपाले चीनलाई दुई भाले र दुई पोथी गरी चारवटा गैँडा उपहार स्वरुप दिइएको थियो ।

राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार ‘सोल्टी’ चीनको सांघाई पार्कमा मरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले केही दिनअघि ‘सोल्टी’ मरेको पुष्टि गर्नुभयो ।

चीनले नेपाललाई जानकारी गराए अनुसार पेटको समस्याले गर्दो ‘साेल्टी’ मरेकाे हो । तर विस्तृत विवरण भने आइसकेको छैन । बाँकी तीन गैँडा भने सकुशल रहेको बताइएको छ ।

सरकारले २०७५ भदौ पहिलो साता नेपाल–चीनमैत्रीको प्रतिकका रूपमा ‘सोल्टी’ सहित ‘मितिनी’ नामको पोथी गैंडा चीनलाई हस्तान्तरण गरेको थियो । भाले मरेपछि सांघाई पार्कमा पोथी मितिनी एक्लिएको छ । ‘सोल्टी’ र ‘मितिनी’ लाई सांघाई पार्कमा राखिएको थियो ।

एक्ली मितिनीको साथी नहुँदा उसलाई समेत न्यास्रिएकी छिन् । जोडी नभएपछि गैँडामा एक प्रकारको निराशा छाउँछ जसले गर्दा उसका क्रियाकलापमा परिवर्तन हुने र बिरामी समेत हुनसक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

यो जोडीसँगै भद्र र रुपसीको जोडी पनि चीनलाई उपहार दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस