आज :

ताजा समाचार

नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनीसहित पाँच कम्पन्नी दोषी ठहर

  पुरुषोत्तम ढकाल    २९ पुष २०७६, मंगलवार ०६:५२      585 Views

काठमाडौं : सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सोमबार राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको फैसला सुनाएको हो ।
सर्वोच्च अदालतलले गरेको फैसलाको पाठ तयार भई नसकेकाले यी कम्पनीले कति रकम राज्यलाई तिर्नुपर्ने भन्ने जानकारी फैसला तयार भइकेपछि मात्रै थाहा हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेड्रस, शङ्कर अक्सिजन ग्यास प्रालि, बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याद बिल प्रयोग गरेको ठहर भएको हो ।


प्रतिक्रिया दिनुहोस