आज :

ताजा समाचार

प्रदेश ३ ले नाम पायो, प्रतिनिधि सभाले काम पाएन !

  पुरुषोत्तम ढकाल    २८ पुष २०७६, सोमबार ०६:४६      376 Views

काठमाण्डौ :  प्रदेश ३ को नाम वाग्मती भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकले नाम वाग्मती र राजधानी हेटौंडा हुने गरी टुंगो लगाएको हो ।
यसअघि नेकपाका शीर्ष नेताहरुले केन्द्रबाटै राजधानी र नाम तोकेर यसैअनुसार निर्णय गर्न पार्टीका प्रदेश सांसदलाई निर्देशन दिएको थियो । नेकपाले जे भन्यो, त्यही हुने स्थिति भएकाले कांग्रेस लगायतका दलहरुले पनि यसमा समर्थन जनाएपछि प्रदेश सभाको दुई तिहाई बहुमतबाट नाम र राजधानी टुंगो लागेको हो ।
प्रदेश ३ को नाम र राजधानी टुंग्याउन नेताहरु सफल भए पनि प्रतिनिधि सभाको गाँठो फुकाउन भने अझै असफल छन् । सत्तारुढ नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस