आज :

ताजा समाचार

ए डिभिजन लिग फुटबलः एपीएफ र संकटा तथा आर्मी र सरस्वती भिड्ने

  पुरुषोत्तम ढकाल    २४ पुष २०७६, बिहीबार ०७:००      806 Views

काठमाडौं:  काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज  हुँदैछन् ।

पाँचौं चरणको अन्तिम खेलमा दुइ खेलको प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् ।

दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ । दुबै खेल दशरथ रंगशालामा हुनेछन् ।

संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ भने आर्मी र सरस्वतीबीचको प्रतिस्पर्धा दिउँसो ३ बजेबाट हुनेछ ।


प्रतिक्रिया दिनुहोस