आज :

ताजा समाचार

शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा थ्री स्टार र ब्रिगेड ब्वाइज क्लब खेल्ने

  पुरुषोत्तम ढकाल    २३ पुष २०७६, बुधबार ०७:३७      502 Views

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा लिग उपाधिको समेत दाबेदार मानिने थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्ने छ। थ्री स्टार क्लब जारी सिजन ४ खेलमा २ जित १ हार र १ बराबरी खेल्दै ७ अंक जोडेर अंकतालिकाको छैटौ स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा उसको तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्रको समान १० अंक हुनेछ।

यता ब्रिगेड ब्वाइज क्लब तालिकाको सातौं स्थानमा छ। ४ खेलमा २ जित र २ हार ब्यहोरेको ब्रिगेडको छ अंक छ। अंक तालिकामा ब्रिगेड ७ औं स्थानमा छ। आजको खेलमा जित निकाल्दै शीर्ष टिमहरुसँग अंकदुरी घटाउन चाहन्छ ब्रिगेड। खेल आज दिउँसो १२ बजे शुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा च्यासल युथक्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। च्यासलका कप्तान सन्तोष साहुखल ९९ गोल गर्दै लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बन्ने होडमा छन्। च्यासलले १ जित २ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको छ। च्यासल अंकतालिकामा नवौं स्थानमा छ।

अर्कोतर्फ पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै लगेको नेपाल पुलिस क्लब पनि स्पस्ट जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लवसँग अंक बराबरी गर्ने होडमा रहने छ।  पाँचौ स्थानमा रहेको पुलिसले पछिल्ला ४ खेलमा २ जित, १ हार र १ बराबरी ब्यहोरेको छ। खेल आज दिउँसो ३ बजे शुरु हुने छ।

दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।


प्रतिक्रिया दिनुहोस