आज :

ताजा समाचार

अमेरिकाले भन्यो, इराकबाट आफ्ना सैनिक हटाउने कुनै योजना छैन्

  पुरुषोत्तम ढकाल    २२ पुष २०७६, मंगलवार ०७:५९      262 Views

एजेन्सी:  अमेरिकाले इराकबाट आफ्नो सुरक्षा दस्ता फिर्ता लैजान योजना नरहेको स्पष्ट पारेको छ । अमेरिकी सुरक्षा सचिव मार्क एस्परले अमेरिकी सेनाले इराकबाट फिर्ता बोलाउने हल्ला मात्र भएको बताएका छन् ।
यसअघि इराकको संसदले अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेपनि आफूहरुले थप सैनिक भर्ना गर्ने ह्वाइट हाउसले स्पष्ट पारेको छ ।
अमेरिकाको हवाइ आक्रमणमा शीर्ष इरानी सैन्य कमाण्डर कसेम सोलेमानी मारिएपछि दुई देशको सम्बन्ध थप बिग्रिएको हो । राष्ट्रपति ट्रम्पको निर्देशनमै सोलेमानीको गत शुक्रबार बगदादमा ड्रोन हमलामा मृत्यु भएको हो ।
हत्यालगत्तै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको केही समयपछि बगदादस्थित अमेरिकी दुतावास नजिकै कयौं बिस्फोट गराइएको समाचार सार्वजनिक भएका थिए ।


प्रतिक्रिया दिनुहोस