काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत पाँचौ चरणका खेलहरु भोलीदेखि हुनेछन् ।
पाँचौ चरण हिजोदेखि सुरु हुनुपर्ने भएपनि पछिल्लो तीन दिनदेखिको वर्षाले मैदान हिलाम्मे भएपछि खेल दुई दिन सारिएको हो ।
हिजोका लागि तय गरिएका खेलहरु भोली दशरथ रंगशालामा हुनेछ । मध्यान्ह १२ बजे न्यूरोड टिम एनआरटीले जावलाखेल युथ क्लबसँग र दिउँसो ३ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले मच्छिन्द्र क्लबसंग खेल्नेछन् ।
चौथो चरणको खेलसम्म मनाङ्ग, मच्छिन्द्र र जावलाखेल अपराजित छन् । मनाङ्ग १० अंकसहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबको समान ९–९ अंक छ ।
चौथो स्थानको जावलाखेलको ८ अंक हुँदा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबको समान ७ अंक छ ।