आज :

ताजा समाचार

प्रदेश ३ को नाम र राजधानी आगामी प्रदेशसभा बैठकले पारित गर्ने निर्णय

  पुरुषोत्तम ढकाल    २० पुष २०७६, आईतवार ०७:००      391 Views

हेटौंडा:  नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलले आगामी प्रदेशसभा बैठकले राजधानीको नाम र स्थानको विषय पारित गर्ने निर्णय गरेको छ ।
प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ । नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो ।
प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा शनिवार बसेको दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।
सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनले बताए ।
पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।
प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको बताए ।
प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने जानकारी दिए ।
प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीको निर्णयानुसार नै राजधानीको नाम र स्थानमा आफूहरु उभिएको धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस