आज :

ताजा समाचार

सरकारले अनुसन्धान विभागमा माग्यो २३२ जना सूचक, एसएलसी पासले आवेदन गर्न सक्ने

  पुरुषोत्तम ढकाल    १८ पुष २०७६, शुक्रबार ०८:३८      1468 Views

काठमाडौं :  राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचकका लागि आज विज्ञापन खोलेको छ ।

देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको संकेत सो विभागले दिएको छ । आजको गोरखापत्रमा यस सम्बन्धी विज्ञापन प्रकाशित भएको छ ।

सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा भनिएको छ ।

विभागद्वारा आज प्रकाशित विज्ञापनमा जनाइएअनुसार विभागमा रिक्त रहेको सहायक सूचक( राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समाबेशीबाट आदिवासी जनजाति, मधेशी, महिला, दलित र पिछडिएका क्षेत्रबाट समेत गरी १०४ जना नियुक्त गरिने जनाइएको छ ।

विज्ञापनमा उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने र एसएलसी वा एसइइ पास गरेको प्रमाणपत्र चाहिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस