आज :

ताजा समाचार

अब डेरा सर्दा र छोड्दा प्रहरीलाई जानकारी गराउनुपर्ने

  पुरुषोत्तम ढकाल    १६ पुष २०७६, बुधबार ०७:२४      477 Views

काठमाडौं: काठमाडौं उपत्यकामा घरधनीले डेरामा बस्नेको विवरण प्रहरीलाई बुझाउनुपर्ने भएको छ।

सुरक्षाको दृष्टिकोणले प्रहरीले यस्तो नियम कार्यान्वयन गर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

चिनियाँहरू काठमाडौंमा ठूला घरहरू भाडामा लिएर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएको खुलेपछि गृहले यस्तो निर्णय गरेको  छ।

निर्णयसहितको निर्देशन प्राप्त भइसकेको र त्यसलाई कार्यान्वयन गरिने प्रहरी प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले बताए ।

जसअनुसार डेरावालको परिचय खुल्ने कागजसहितको विवरण स्थानीय प्रहरी कार्यालयमा बुझाउनुपर्ने हुन्छ । प्रहरीहरूलाई आफ्नो क्षेत्रमा विवरण संकलन र अद्यावधिक गर्नसमेत निर्देशन दिइएको छ।

गृहको निर्णयअनुसार कसैले डेरा छाडेमा समेत प्रहरीलाई जानकारी गराउनुपर्ने हुन्छ।

विगतमा पनि प्रहरीबाट डेरामा बस्नेको विवरण राख्ने प्रयास भएको थियो । अहिले पनि सर्वसाधारणले कसरी विवरण बुझाउने भन्ने प्रस्ट मापदण्ड छैन।

यससम्बन्धी मापदण्ड बनाइने प्रहरी प्रवक्ता क्षेत्रीको भनाइ छ । विवरण नबुझाएको अवस्थामा डेरावाला कुनै अपराधमा संलग्न भए घरधनीलाई समेत मतियारका रूपमा कारबाही गर्ने प्रहरी तयारी छ।


प्रतिक्रिया दिनुहोस