आज :

ताजा समाचार

मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता

  पुरुषोत्तम ढकाल    १५ पुष २०७६, मंगलवार ०८:४१      932 Views

काठमाडौं:  मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता भएको छ। एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई भ्रमण वर्षको इकमर्स पार्टनर बनाउने सम्झौता भएको हो।

सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा भ्रमण वर्ष सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यावसायिक अभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नेछ।


प्रतिक्रिया दिनुहोस