आज :

ताजा समाचार

कारागारभित्रै गाँजा र रक्सी विक्री, कैदीबन्दीद्वारा बहिष्कार आन्दोलन

  पुरुषोत्तम ढकाल    १४ पुष २०७६, सोमबार ०७:३५      416 Views

दोलखा:  कारागारभित्र अवैध गाँजा, रक्सीको ब्यापार, गुणस्तरहीन खाना र रकम ठगेको आरोपसहित कैदीबन्दीले आन्तरिक प्रशासनविरुद्ध बहिष्कार आन्दोलन थालेका छन् ।

दोलखा जिल्ला कारागारका चौकीदार, मूल नाइके र नाइकेहरुबाट शोषणका साथै विकृति बढाएको भन्दै बहिष्कार आन्दोलन थालेका हुन् ।

कैदीहरुले जेलभित्र छिर्ने मूलढोकामा बसेर आइतबार विहान नाराबाजी गरे ।

सुरक्षाकर्मीसमेत पस्न नदिन उनीहरुले दोस्रो मूलढोकाको तालामाथि अर्को ताला थपेका छन् ।

असुरक्षा बढेपछि चौकीदार र नाइकेहरुलाई सुरक्षाकर्मीको सुरक्षामा राखिएको छ । आधा कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई कारागार नियम अनुसार चौकीदार, मूल नाइके र नाइकेको उपाधि दिइन्छ ।

कैदीहरुमध्ये उनीहरुलाई ब्यवस्थापन, रेखदेख र किनमेलका लागि बाहिर घुम्न पाउने छुट हुन्छ ।

आन्दोलनरत पक्षले प्रमुख जिल्ला अधिकारीसमक्ष चौकीदार र नाइकेहरुलाई अर्को जेलमा सरुवा नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

यो समाचार कान्तिपुरमा छ । 


प्रतिक्रिया दिनुहोस