आज :

ताजा समाचार

आवश्यक १ सय ३८ ठाउँ, कहीँ पनि बल्दैन ट्राफिक बती

  पुरुषोत्तम ढकाल    १३ पुष २०७६, आईतवार ०७:२२      460 Views

काठमाडौं: उपत्यकाको १३८ ठाउँमा ट्राफिक बती आवश्यक भएपनि अहिले यसअघि प्रयोगमा आएका पनि बल्न छाडेका छन् ।
सवारी व्यवस्थापनमा मुख्य भुमिका खेल्ने ट्राफिक बती नबल्दा ट्राफिक प्रहरी हातको इशारामा काम गर्न बाध्य छन् ।
सरोकारवाला निकाय भने एकअर्कालाई देखाएर पन्छनछन् । काठमाडौं उपत्यकामा दैनिक १३ १४ लाख सवारी साधन चल्छन् ।
ट्राफिक बती नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिनुका साथै पैदल यात्रु र सवारी चालकले अनावशयक हैरानी खेप्नुपरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बती नै बल्न छाडेको जनाएको छ ।
सम्बन्धित स्टेक होल्टरलाई पटकपटक बती व्यवस्थापन गर्न अनुरोध गर्दापनि बेवास्ता भएको महाशाखाले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा  छ । 


प्रतिक्रिया दिनुहोस