काठमाडौँ : देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सुर कुहिरो लाग्ने मौसमविदले बताएका छन् ।
राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको मौसमविदको भनाई छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गेका छन् ।
काठमाडौँ उपत्यकाको हिजो (बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको थियो ।
आज (शुक्रबार) बिहान पनि काठमाडौँ उपत्याकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको मौसमविद विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार आजको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेलिस्यससम्म पुग्ने अनुमान गरिएको छ ।