आज :

ताजा समाचार

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदुत पुरीको विदाई भेट

  पुरुषोत्तम ढकाल    ९ पुष २०७६, बुधबार ०७:४२      435 Views
काठमाडौं:  नेपालका लागि भारतका राजदुत मञ्जितसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट भएको छ । आफ्नो कार्यकाल पूरा गरी फर्कने क्रममा राजदुत पुरीले प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेको उनको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
त्यसैगरी, नेपालका लागि भारतका राजदुत मञ्जितसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विदाई भेट गरे । विदाई भेटमा उनीहरुबीच नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गोरखापत्र दैनिकबाट


प्रतिक्रिया दिनुहोस