आज :

ताजा समाचार

फिल्म हिट भएपछि दुबईमा मस्ती गर्दै अनन्या

  पुरुषोत्तम ढकाल    ८ पुष २०७६, मंगलवार ०८:३२      2345 Views

मुम्बई:  फिल्म ‘पति पत्नी और वो’को प्रचार र रिलिजले केही समय व्यस्त रहेकी अभिनेत्री अनन्या पाण्डे यतिबेला दुबईमा छुट्टी मनाइरहेकी छन् । आफ्नो यो फिल्म हिट भएपछि उनी यतिबेला छुट्टी मनाउन दुबई पुगेकी हुन् ।

भारतबाट चिसो छल्न दुबई पुगेकी उनले समुन्द्र किनारमा घाम तापेको लगायत विभिन्न घुमघामका तस्बिर सार्वजनिक गरेकी छन् । आफू अहिले छुट्टीको मुडमा रहेको र यात्रा रमाइलो भएको उनले बताएकी छन् ।

फिल्म पति पत्नी और वोमा अभिनेत्री अनन्याको कामलाई दर्शकले निकै मन पराए । समीक्षकबाट पनि उनले राम्रो प्रशंसा पाइन् । अर्को सिनेमाको तयारीमा जुट्नुअघि बचेको केही समयलाई सदुपयोग गर्दै उनी घुमघाममा निक्लिएकी हुन् ।


प्रतिक्रिया दिनुहोस