काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्टमा गडबढी देखिएको छ।
भारतमा मुक्कामारको राजनीति गरिरहेका प्रतिपक्षी कांग्रेस र सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको तुलना गर्दै एक व्यक्तिले गरेको ट्वीट प्रधानमन्त्रीको एकाउन्टबाट रिट्वीट भएको थियो।
ट्वीटरमा समाचार र वहस हेर्दै जाँदा प्रधानमन्त्री स्वयंले झुक्किएर रिट्वीट गरे या अरु व्यक्तिले नै यसो गरे भन्ने खुलिसकेको छैन। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चाहिँ ‘पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको’ जनाएका छन्।
सम्माननीय प्रधानमन्त्रीज्यकाे twitter @PM_Nepal बाट अन्यथा retweet भएकाे देखिन अाएकाे छ। पासवर्डकाे दुरूपयाेग गरि यस्ताे गरिएकाे हुनसक्ने अाशंकामा छानविन भइरहेकाे छ । तसर्थ : कुनै प्रकारकाे भ्रम र गलतफहमीमा नपर्न अनुराेध गर्दछु ।
— Surya Thapa (@ThapajiSurya) December 20, 2019
प्रधानमन्त्रीको एकाउन्टबाट भएको रिट्वीट: