आज :

ताजा समाचार

कांग्रेसमा किचलोः भागबन्डामै अड्कियो सहमति

  पुरुषोत्तम ढकाल    ३ पुष २०७६, बिहीबार ०६:२९      355 Views

काठमाडौँ: नेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रित्तः विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ ।
गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको भएपनि संस्थापन पक्षबाहेकका नेता बैठकमा सहभागी भएका छैनन् ।

यसबीचमा बसेका बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको एजेन्डा पेस गर्नुपर्ने भन्दै निरन्तर बहिस्कार गर्दै आइरहेका छन् ।

संस्थापन पक्ष र इतरपक्षले यसबीचमा सहमतिको प्रयास गर्न भन्दै वार्ता टोली नै बनाएर छलफलसमेत गर्दै आइरहेका छन् । तर महाधिवेशनको एजेन्डाबाट शुरू भएको वार्ताको प्रयास पछिल्लो समय भागबन्डामा आएर अड्किएको संस्थापन पक्ष बताउँछ ।
यो समाचार  आजको राजधानी दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस