आज :

ताजा समाचार

रोकिएको काँग्रेस बैठक आज, सहमति खोज्दै नेताहरु

  पुरुषोत्तम ढकाल    २ पुष २०७६, बुधबार १०:४५      388 Views

काठमाडाैं:  पार्टी भित्रको विवाद समाधानका लागि काँग्रेस नेताहरु छुट्टा छुट्टै छलफलमा जुटेका छन् । आज विवाद मिलाउने गरि महाधिवेसनको कार्य सूचीसहित बैठक बस्दैछ । सभापति शेर बहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेलको अडान पछि महाधिवेसनको कार्यसूचीमा छलफल गर्न तयार भएका  छन् ।
सभापति देउवाले भातृसंस्था नेविसंघ र तरुण दलको म्याद थप्न गृहकार्य गरिरहेका बेला रामचन्द्र पौडेल पक्षधरका नेताहरुको मंगलबार पनि छुट्टै बैठक बसेको थियो । बैठकमा तरुण दल र नेविसंघमा आफूपक्षीय रणनीति बनाउन छलफल भएको थियो । नेविसंघको विशेष भेलामा काँग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशी, बद्रि पान्डे र कल्याण गुरुङले संयोजन गरेका  थिए ।
नेता नविन्द्रराज जोशीले आज बैठकमा महाधिवेसन छलफल भएपछि अरु विषयमा कुरा हुनेगरि छलफल भएको बताए । काँग्रेस उपसभापति विमलेन्द्र निधी र नेता प्रकाशमान सिंहबीच आजै छलफल भएको छ । काँग्रेस केन्द्रिय समिति बैठक बिहान ११ बजेपछि बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस