आज :

ताजा समाचार



माइनस २६ डिग्रीको चिसोमा सुटिंग हुदै ‘प्रेमगीत ३’ (फोटोफिचर)

  पुरुषोत्तम ढकाल    २ पुष २०७६, बुधबार १०:२२      256 Views

काठमाडौँ : अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३ को अहिले धमाधम छायांकन भइरहेको छ । सन्तोष सेन र छेतन गुरुङले संयुक्त निर्देशनमा बन्न लागेको यस चलचित्रको सुटिंग अहिले मनांगमा भइरहेको छ । अहिले यस चलचित्रको माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा सुटिंग भइरहेको छ ।  चैत २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्र सन्तोष सेनको लगानीमा बन्न लागेको हो ।

मंगलबार निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमा मनांगमा भइरहेको सुटिंगको केहि तस्बिरहरु शेयर गरेका छन् । उनी तस्बिर शेयर गर्दै लेख्छन् – कथाको माग् लाई मध्यनजर राखेर भव्य सेट् भित्रको दृष्य कैद गरे पश्चात बिगत डेढ् वर्ष देखी मनांगको यही मैसमलाई प्रतिक्षा गरेका थियौ।। जस्तो सुकै चुनौती झेल्न तयार हाम्रो सामुहिक कार्य हजुरहरुको लागी.. चैत २

यस चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगीशा खत्री, कृजन गौतम लगायतका कलाकारहरुको अभिनय रहनेछ । हालसम्म यस चलचित्रको ७५ प्रतिशत छायाँकन सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस