आज :

ताजा समाचार

पूर्वमिस नेपाल शृंखला खतिवडा पनि यौन हिंसाको सिकार

  पुरुषोत्तम ढकाल    २ पुष २०७६, बुधबार १०:१५      978 Views

काठमाडौं:  महिलाविरुद्ध हुने हिंसाको १६ दिने अभियान जारी छ । महिला हिंसा न्यूनीकरण र सशक्तीकरणसम्बन्धी विचार गोष्ठी, सभा, सेमिनार पनि भइरहेका छन् । अधिकारवादीहरूले महिला हिंसाविरोधी अभियान सञ्चालन गरिरहेका बेला पूर्वमिस नेपाल शृंखला खतिवडाले आफू यौन हिंसाको सिकार हुनुपरेको जानकारी दिएकी छन् ।

महिला सशक्तीकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नुपरेको यौन हिंसाबारे बोलेकी हुन्। ‘महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्। बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। यस्तो थाहा पाउन धेरै समय लाग्यो,’ उनले भनेकी छन्, ‘महिलाहरु कतै पनि सुरक्षित छैनन्।’

सामाजिक सञ्जालमा सक्रिय खतिवडा नेपाली समाजमा छोरा र छोरीमा हुने भेदभावले यौन हिंसालाई प्राथमिकता दिने गरेको बताउँछिन् । पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने उनको तर्क छ ।

मिस नेपाल भएकै बेला शृंखला फ्रान्स जाँदा सार्वजनिक भएको एक तस्बिरले उनको नेपालमा व्यापक आलोचना भएको थियो । एक युवकसँगको अन्तरंग तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाल आएर उनले स्पष्टीकरण दिनुपरेको थियो ।


प्रतिक्रिया दिनुहोस