आज :

ताजा समाचार

कस्तो रहला तीन दिनको मौसम ?

  पुरुषोत्तम ढकाल    ३० मंसिर २०७६, सोमबार ०७:५७      350 Views

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएसँगै मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालि नभएको महाशाखाले जनाएको छ ।
पश्चिमी प्रणालीका कारण शुक्रबार पानी परेको थियो । त्यसपछि हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको थियो । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ । काठमाडौंमा आज बिहान ६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।
महाशाखाका अनुसार आज देशको अधिकांश स्थानको मौसम सफा रहेनछ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
मंसीर ३० गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १ गते (मंगलबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।
पौष २ गते (मंगलबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने ।


प्रतिक्रिया दिनुहोस